प्रधानमन्त्री प्रचण्डको पहलपछि राहदानी विभागको सफ्टवेयर कम्पनीले पठायो विशेषज्ञ टोली

काठमाण्डु टुडे २०७९ पुष २१ गते १८:३९ मा प्रकाशित

काठमाण्डु,२१ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ ।

त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गर्दै सेवा बन्द गरेको थियो । प्रधानमन्त्री प्रचण्डले सेवाग्राहीलाई लाइनमा राखेर दुख दिने विभागीय अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएकै दिन विभागले सफ्टवेयरमा समस्या देखिएको भन्दै सेवा रोकेको थियो ।

त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि अन्तर्राष्ट्रिय कम्पनी अइडिमियाले आफ्ना विशेषज्ञ पठाएको हो ।

टोलीले सफ्टवेयरमा देखिएको समस्या पहिचान गर्ने र यसलाई सुधार्ने विश्वास व्यक्त गरिएको छ । प्रधानमन्त्री कार्यालयको प्राविधिक टोली र विभागकै प्राविधिकले पनि समस्यामा बारेमा अध्ययन गरिरहेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us