काबुलमा सैन्य विमानस्थलबाहिर आत्मघाती बम विस्फोट

काठमाण्डु टुडे २०७९ पुष १७ गते १३:४३ मा प्रकाशित

एजेन्सी– अफगानिस्तानको राजधानी काबुलमा रहेको सैन्य विमानस्थलबाहिर आइतबार बिहान आत्मघाती विस्फोट भएको छ ।

यसको पुष्टि गर्दै तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्ताले यस हमलामा धेरै मानिस मूत्यु भउको बताएका छन । यस्तै, समाचार एजेन्सी एएफपीले तालिबान अधिकारीहरूलाई उद्धृत गर्दै आक्रमण एयरपोर्टको गेटमा भएको र धेरै मानिसहरू मारिएको र घाइते भएको जानकारी दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टाकोरले भने, ‘हाम्रा धेरै सहकर्मीहरू मारिएका र घाइते भएका छन् ।’ अगस्ट २०२१ मा अफगानिस्तानमा सत्ता ग्रहण गरेको तालिबानले सुरक्षा स्थितिमा सुधार भएको दाबी गरेको छ । तर पछिल्ला महिनाहरूमा अफगानिस्तानमा धेरै ठूला आक्रमणहरू भइरहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us