सुविधानगरमा अपरिचित समूहले गरेका चक्कु प्रहारबाट एक जना युवक घाइते

काठमाण्डु टुडे २०७९ पुष १७ गते १२:३४ मा प्रकाशित

काठमाण्डु,१७ पुस– काठमाण्डु महानगरपालिका–२३ सुविधानगरमा अपरिचित समूहले गरेका चक्कु प्रहार बाट एक जना युवक घाइते भएका छन ।

घाइते हुनेमा गोरखा घर भएर हाल सिनामंगल बस्ने २१ वर्षीय निखिल भुजेल रहेका छन । उनको कान्तिपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ ।

उनी माथि हिजो शनिबार साँझ आठ–दश जनाको समूहले सुविधानगरस्थित बागमती करिडोरमा प्रहार गरेर भागेका थिए । निखिलको दायाँ छातीमा चोट लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us