
काठमाण्डु, १७ पुस -चर्चीत गायक दुर्गेश थापामाथि स्टेजमानै आक्रमण भएको छ ।
कपिलवस्तुको चनौटामा जारी महोत्सवमा प्रस्तुति दिन गयका कलाकार थापा माथी शनिबार बेलुका प्रस्तुति दिइरहेको समयमा स्टेजमै ढुंगा प्रहार भएको हो।
पछीलो समयमा नायक पल शाह र गायिका समिक्षा अधिकारीबीचको विवादमा खलपात्रको भूमिका खेलेको भन्दै विवादित बनेका कलाकार थापामाथि सोही कुरालाई लिएर स्टेजमै ढुंगा प्रहार भएको हो। शाहलाई थापाले फसाउन सहयोग गरेको शाह समर्थित शुभचिन्तकको आरोप छ ।
थापा माथी आक्रमण भएपछि महोत्सवस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने केहि समय कार्यक्रम रोकिएको थियो ।
घटनाको बारेमा वडा प्रहरी कार्यालय चन्द्रौटाले अनुसन्धान गरिरहेको जनाएको छ ।