रौतहटमा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष १७ गते ११:३६ मा प्रकाशित

काठमाण्डु ,१७ पुस- रौतहटमा जिपसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत माधवनारायण नगरपालिका–३ सखुअवामा शनिबार साँझ ना. १ ज ६७४९ नम्बरको म्याजिक जिप र बा .३९ प ८८६५ को नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल मा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा माधवनारायण–२ का ६५ वर्षका परमात्मा प्रसाद साह र सोही पालिकाका वडा नं.२ का ६५ वर्षका गौकरण यादव रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सुकदेवचोकस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिपका चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us