माधव नेपाललाई राष्ट्रपतिको प्रस्ताव आएको छैनः एकीकृत समाजवादी

काठमाण्डु टुडे २०७९ पुष १६ गते १७:२९ मा प्रकाशित

काठमाण्डु, १६ पुस– नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव कतैबाट नआएको स्पष्ट गरेको छ ।

शनिबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रवक्ता जगन्नाथ खतिवडाले नेपाललाई राष्ट्रपतिको प्रस्ताव नआएको बताए ।

एमालेसँगको पार्टी एकीकरणको चर्चामा पनि सत्यता नरहेको उनको भनाइ थियो । एकता नभई आफूहरुको ध्यान पार्टी सुदृढीकरणको रहेको नेपालले उल्लेख गरे । सरकारमा जाने वा नजाने भन्नेबारे भने पोलिट्ब्युरोले निर्णय लिने सुनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us