
काठमाण्डु,१४ पुस– महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई आज बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन् ।
शपथ समारोहमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित रहेका थिए ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार पोख्रेललाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन । अधिवक्ता पोख्रेल लामो समयदेखि माओवादी निकट रहेका कानुन व्यवसायमा संलग्न छन् ।