
धनुषा,१४ पुस– धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मूत्यु हुनेमा मोटरसाइकल चालक कमला नगरपालिका ८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुर रहेका छन ।
बिहीबार बिहान वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडकखण्डको शहीदनगर नगरपालिका–६ हठीपुरमा मधेश प्रदेश २,००६ प १८१९ नम्बरको मोटरसाइकल दुर्घटना विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन ।
ठाकुर गिद्धादेखि यदुकोहातर्फ जाँदै गरेको बेला उनले चलाइरहेको मोटरसाइकल कलभर्टमा रहेको पोलमा ठोक्किएको प्रहरीले बताएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।