
काठमाण्डु,१४ पुस– एमालेले राष्ट्रियसभा संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनीत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम सांसद दाहाललाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनीत गरेका हुन् ।
एमालेबाट राष्ट्रियसभामा यसअघि नेता खिमलाल भट्टराई दलको नेता थिए । चुनावअघि भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएसँगै उक्त पद रिक्त थियो ।
राष्ट्रिय सभामा एमालेका १६ सांसद छन् । अध्यक्ष गणेश तिमिल्सिना पनि एमालेकै हुन् ।