गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगे

काठमाण्डु टुडे २०७९ पुष १३ गते १७:३५ मा प्रकाशित

काठमाण्डु,१३ पुस– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा पुगेका छन् । उनी आज बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन् ।

राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता भएको भन्दै सरकारको आलोचना भइरहेका बेला लामिछाने विभागको अनुगमनमा गएका हुन् । मन्त्रिपरिषदको पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us