
काठमाण्डु,११ पुस– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरु अहिलेको राजनीतिको खेलमा फ्रान्सका फुटबलर एम्बाप्पेजस्तो मात्र भएको बताएका छन ।
पोखरामा चलिरहेको लिटरेचर फेस्टिबलमा शर्माले इस्तो बताएका हुन । उनले भने,राजनीतिमा सामाजको ऐना’ बहसमा मोडरेटर बसन्त बस्नेतले जितेर आएको कि हारेर भनेर प्रश्न सोधेका थिए ।
महामन्त्री शर्माले भने, ‘जितेर हारेर आएको । अस्ति वर्ल्डकप भएको थियो नि । सबभन्दा बढी गोल चाहिँ एम्बाप्पेले हान्यो । गएको मंसिर ४ को चुनावमा सबभन्दा बढी सिट कांग्रेसले जित्यो ।
भयो के भने एम्बाप्पेले सबभन्दा बढी गोल पनि हान्यो, गोल्डेन बल पनि जित्यो । तर कप चाहिँ अर्कैले लग्यो ।’उनले अघि भने, ‘त्यसकारण हामी चाहिँ एम्बाप्पे भएर आएका हौं ।’
५ वर्षपछि एम्बाप्लेले के गर्छ भन्ने प्रश्नमा उनले भने, ‘५ वर्षपछि हामी डिफेण्डिङ च्याम्पियन भन्छन् नि अहिलेको च्याम्पियनलाई हराएर हामी च्याम्पियन बन्छौं ।’अर्का महामन्त्री गगनकुमार थापाले थपे, ‘एम्बाप्लेले जित्छ, किनकी अब मेसी हुन्न नि ।’