प्रधानमन्त्री र राष्ट्रपति कांग्रेस पार्टीबाट नै बन्छ: शेखर कोइराला

काठमाण्डु टुडे २०७९ पुष ७ गते १२:४१ मा प्रकाशित

काठमाण्डु,७ पुस– कांग्रेस नेता डा. शेखर कोइरालाले अबको नयाँ प्रधानमन्त्री र राष्ट्रपति कांग्रेस पार्टीबाट नै बन्ने बताएका छन । शपथग्रहणका लागि संघीय संसद् पुगेका कोइरालाले दुवै पदमा कांग्रेसले पाउने बताएका छन ।

बुधबार मात्र महामन्त्री गगन थापालाई हराउँदै सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेताको रूपमा निर्वाचित भएका छन् ।

यता राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्चा चलेको छ । पौडेल संसदीय दलको नेताको निर्वाचनमा देउवाका प्रस्तावक बनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us