प्रचण्ड प्रधानमन्त्री बन्न सक्छन्ः केपी ओली

काठमाण्डु टुडे २०७९ पुष ७ गते ९:२४ मा प्रकाशित

काठमाण्डु, ७ पुस– एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने बताएका छन् ।

भुषण दाहालको कार्यक्रम ब्राभो डेल्टा शोमा ओलीले एउटै पार्टीको बहुमत नआएको अवस्थामा बहुमत जुटाउन सक्ने जो कोही प्रधानमन्त्री बन्न सक्ने बताए । ‘संसदमा संसद सदस्य छानिएपछि कसैको पनि बहुमत नआएको स्थितिमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने नेता प्रधानमन्त्री हुने हो’, ओलीले भने, ‘ संविधानको धारा ७६ (१) अुनसार बनेन । ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा हुन सक्ने हो । जो पनि हुन सक्छ ।’

दाहालले तेश्रो दलका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेको र राजनीतिक बजारमा त्यसबारे चर्चा चलेको विषयमा ओलीलाई प्रश्न सोधेका थिए । ओलीले ४ मंसिरमा सकिएको निर्वाचन परिणाम आउँदै गर्दा प्रचण्डलाई टेलिफोन गरी विगतका कमजोरीको समीक्षा गरेर अघि बढ्न प्रस्ताव गरेका थिए ।

त्यसयता दुई ठूला कम्युनिष्ट दलका दोश्रो तहका नेता एमाले–माओवादी समीमरणका लागि सक्रिय छन् । ओलीको दूतका रुपमा एमाले उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल तथा सचिव रघुवीर महासेठले प्रचण्डसँग छुट्टाछुट्टै भेटेका थिए । माओवादी महासचिव देव गुरुङले पनि यो बीचमा एमाले अध्यक्ष केपी ओलीसँग भेट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us