उदयपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष ४ गते १७:४५ मा प्रकाशित

उदयपुर,४ पुस– उदयपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन । मूत्यु हुनेमा ताप्ली गाउँपालिका १ का ६५ वर्षीय मिनबहादुर सार्की रहेका छन ।

उदयपुरको कटारी नगरपालिका १० मा सोमबार बोलेरो जिप दुर्घटना गम्भीर घाइते भएका सार्कीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

अन्य घाइतेहरूलाई उपचारको लागि कटारी अस्पताल पठाइएको प्रहरीले बताएको छ । प्रदेश २–०१–००१ च ००५० नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट करिब एकसय मिटर तल खसेको थियो । बोलेरो चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us