
काठमाण्डु,३ पुस– नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले लोकतान्त्रिक–वाम गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन ।
एकीकृत समाजवादी काठमाण्डु– ९ ले आज आयोजना गरेको कार्यक्रममा बेल्दै उनले यस्तो बताएका हुन । भुसालले निर्वाचन आयोगले परिणाम राष्ट्र प्रमुखलाई बुझाएपछिको अवस्थामा संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्रमा सरकार गठन गर्नुपर्ने बताउँदै त्यसका लागि गठबन्धनभित्र गृहकार्यका भइरहेको बताएका छन ।
उनले कम्युनिष्ट पार्टीलाई परिणाममुखी बनाउन लाग्नुपर्ने बताउँदै पार्टीले देशभर सङ्गठन बिस्तार गर्दै गतिशील बनाउनुपर्ने बताएका छन ।
निर्वाचनमा पार्टीको काममा निरन्तर खटेका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै उहाँले निर्वाचन परिणामबाट हतोत्साहित नहुन आग्रह गरेका छन ।
पार्टीको शक्तिलाई पुनः गठित गरी आगामी चुनावको तयारीमा थप उत्साह र आशाका साथ अहिलेदेखि क्रियाशील हुन कार्यकर्तालाई उनले निर्देशन दिएका छन ।