माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाण्डु टुडे २०७९ पुष ३ गते ११:१४ मा प्रकाशित

काठमाण्डु,३ पुस–(नेकपा माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी महासचिव देव गुरुङले बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताएका छन ।

बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने उनले बताएका छन । माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ ।

माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । तर, हाल कायम पाँच दलीय गठबन्धनभित्र सहमतिका आधारमा सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेका बेला माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us