मन्त्री नबन्ने विश्वप्रकाशको घोषणा

काठमाण्डु टुडे २०७९ पुष ३ गते ७:५८ मा प्रकाशित

काठमाण्डु, ३ पुस– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफू मन्त्री नबन्ने घोषणा गरेका छन् ।

कांग्रेस सम्वद्ध झापा–१–काठमाण्डु सम्पर्क समितिले राजधानीमा सम्मान कार्यक्रममा उनले आफू तत्काल मन्त्री बन्ने मनस्थितिमा नरहेको बताए ।

निर्वाचन जितेपछि सबैले मन्त्री बन्न चाहने देखिएको भन्दै शर्माले आफूमा कुनै महत्वकांक्षा नरेकेको स्पष्ट गरे । मन्त्री बन्नेभन्दा पनि दूरदराजका नागरिकको भावनाअनुसार काम गर्नु आफ्नो प्राथमिकतामा भएको उनको भनाइ थियो ।

फरक प्रसंगमा शर्माले कुनै बेला एक्लै दुईतिहाइ बहुमत ल्याएको कांग्रेस अहिले मिलेर चुनाव लड्दासमेत प्रत्यक्षतर्फ ५७ सिटमा सीमित भएको उल्लेख गरे ।

महामन्त्री शर्माले अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषयभन्दा महत्वपूर्ण राष्ट्रपति को बन्ने भन्ने रहेको बताए ।

उनले कांग्रेसले गठबन्धनका दलहरू र प्रतिपक्षले पनि सहजतापूर्वक लिन सक्ने राष्ट्रपति अहिलेको आवश्यकता भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us