
काठमाण्डू, २ पुस–प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षपुष्पकमल दाहाल प्रचण्डबीच नयॉ सरकार गठनबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच शनिबार भेटवार्ता भएको हो । स्रोतका अनुसार प्रचण्डले चुनावअघिको सहमतिअनुसारआफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए । देउवाले भने कांग्रेस संसदीय दलको नेता चयनका लागि चुनाव नहोउन्जेलप्रधानमन्त्रीबारे फलफल गर्न हतार नगर्न प्रचण्डलाई आग्रह गरेका छन् । प्रचण्ड भने पहिलो कार्यकालमा आफू प्रधानमन्त्री हुन चाहन्छन्।