
काठमाण्डु,१ पुस–काठमाण्डुको सिनामंगलमा बसको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । मूत्यु हुनेमा काभ्रे घर भई हाल काठमाण्डुको सिनामंगल बस्ने बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकार रहेका छन ।
काठमाण्डु महानगरपालिका–९ सिनामंगल कार्गो गेट अगाडि बा ५ ख ५६२२नम्बरको बसको ठक्करबाट रञ्जितकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।