अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा भएको गोली हानाहानमा १० जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ मंसिर २६ गते १४:५२ मा प्रकाशित

एजेन्सी– अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रमा भएको गोली हानाहानमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना पाकिस्तानी र ३ जना अफगानी नागरिक तथा १ जना अफगानी सुरक्षाकर्मी रहेका छन ।

घटनामा पाकिस्तानमा १७ जना र अफगानिस्तानमा १० जना घाइते भएका बीबीसीले जनाएको छ । अफगानी सुरक्षाकर्मीले बिना कारण गोली हानेको पाकिस्तानी सेनाको आरोप लगाएका छन ।

अफगानिस्तानबाट बिना कारण गोला वारुद प्रहार भएपछि आफूहरुले पनि जवाफी कारबाही गरेको पाकिस्तानी सेनाले बताए ।

अफगानिस्तानी सुरक्षाकर्मीले आफ्नै भूमिमा चेकपोष्ट बनाउन थालेपछि पाकिस्तानी सेनाले त्यसलाई रोकेका कारण विवाद भएपछि गोली हानाहान भएको अफगानिस्तानका सैन्य अधिकारीलाई उदृत गर्दै वेलायती समाचार संस्था रोयटर्सले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us