
काठमाण्डु,२५ मंसिर– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता भोली देखि लागू नरहने निर्णय गरेको छ । आयोगका अनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि खारेज हुनेछ ।
उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले बताएको छ ।