
दाङ, २६ मंसिर– दाङको घोराही उपमहानगरपालिका–२ स्थित बालिमखोला पुलबाट मोटरसाइकलसहित खसेका युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३२ वर्षीय यादव चौधरी रहेको प्रहरीले जनाएको छ । दाङ प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले चौधरी गएराति मोटरसाइकलसहित पुलबाट खसेको बताए । तर, बिहान उज्यालो भएपछि मात्र स्थानीयले मोटरसाइकल खसेको देखेपछि प्रहरीमा खबर गरेका थिए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।