
काठमाण्डु, २४ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक सांसदको टुंगो लगाएको छ ।
कार्यसम्पादन समितिको शनिबार बसेकको बैठकले पार्टीले पाएको ७ सामानुपातिक सांसदको टुंगो लगाएको हो ।
खस आर्यबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत चयन भएका छन् । यस्तै आदिवासी जनजातिबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना जयसवाल र दलितबाट अनिता नेपाली सांसद चयन भएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका नेता डा. प्रकाशचन्द्र लोहनी भने सांसद चयनमा परेनन् ।