त्रिभुवन विश्वविद्यालयबाट १० हजार ३९२ जना विद्यार्थी दीक्षित
काठमाण्डु टुडे
२०७९ मंसिर २३ गते १७:५३ मा प्रकाशित

काठमाण्डु,२३ मंसिर– त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा १० हजार भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोहमा १० हजार ३९२ जना विद्यार्थी दीक्षित भएको उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले बताएका छन ।
दीक्षान्त समारोहमा ३२ हजार भन्दा बढीको सहभागिता रहेको थियो । २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका विद्यार्थीहरूले आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका हुन् ।
उक्त समयावधिमा ६३ हजार १३७ विद्यार्थीले ट्रान्सक्रिप्ट लिएका थिए । स्नातक तहतर्फ ६ हजार ६९१, स्नातकोत्तरतर्फ ३ हजार ५४९, एमफिल ५५ र विद्यावारीधितर्फ ९७ जना दीक्षित भएका छन ।
समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतको सहभागिता रहेको थिय । समारोहमा सेन्टर युनिभर्सिटी अफ पञ्जाब भारतका पूर्वउपकूलपति राघवेन्द्र पी तिवारी प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिय ।
उपकुलपति बास्कोटाले ५० वर्ष पुराना भौतिक संरचनालाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको भएतापनि अहिलेसम्म पुनः निर्माणका कुनै पनि काम नभएकोमा नैराश्यता थपिएको बताएका छन ।