छोरी भेट्न गएकी आमाको अस्पतालबाट खसेर मृत्यु

काठमाण्डु टुडे २०७९ मंसिर २३ गते १६:३७ मा प्रकाशित

काठमाण्डु,२३ मंसिर– पोखरा–११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरीलाई भेट्न गएकी पोखरा–१८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको मूत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार धनसरीकी छोरी पूर्णकुमारी केही दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै उपचाररत थिइन् ।

छोरी भेट्न गएकी धनसरी मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेकी थिइन् र उनको तत्कालै मृत्यु भएको प्रहरीले बताएको छ ।

अस्पताल व्यवस्थापनले भने अस्पतालमा पुनर्निर्माणको काम भइरहेको र उनी किन छेऊतिर गइन् भन्ने बुझ्न नसकिएको बताएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us