
काठमाण्डु,२३ मंसिर– राष्ट्रिय जनमोर्चा नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जबरामाथि लगाइएको महाभियोग निष्प्रभावी नहुने बताएको छ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै जबरामाथिको महाभियोग प्रस्तावमा संघीय संसदका महासचिवले क्लिन चिट दिँदै सर्वोच्च अदालतलाई पठाएको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।
जनमोर्चाले विज्ञप्तिमा भनेको छ,छानबिनको प्रतिवेदन प्रतिनिधिसभाको बैठकमा प्रस्तुत नगरी त्यसमाथि कुनै छलफल नै नगरी महाभियोग निष्प्रभावी गर्न मिल्दैन जनप्रतिनिधिहरूको अधिकार अतिक्रमण गरी गरिएको निर्णयको हाम्रो दलले विरोध गर्दै त्यसको भर्त्सना गर्दछ ।’
साथै जनमोर्चाले चोलेन्द्रसम्शेर जबरामाथि लगाइएको महाभियोगलाई निष्प्रभावी पार्ने संघीय संसद सचिवालयको कार्यका विरुद्ध सर्वोच्च अदालतको फूल बेञ्च र नेपाल वार एशोसियसनले गरेको निर्णयप्रति ऐक्यबद्धता प्रकट गरेको छ ।