
काठमाण्डु,२३ मंसिर– प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट लागु औषधसहित २ जना पक्राउ गरेको छ ।
पर्नेमा सोही गाउँपालिका–७ बस्ने ३५ वर्षीय हरिकृष्ण अधिकारीसहित दुईजना छन् । आरोपीहरुको साथबाट गाँजाको धुलो ३८ केजी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।