काठमाण्डु महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउनुपर्छ: प्रदीप पौडेल

काठमाण्डु टुडे २०७९ मंसिर २० गते १४:०८ मा प्रकाशित

काठमाण्डु,२० मंसिर– काँग्रेसका नेता एवंम् काठमाण्डु–५ बाट नवनिर्वाचित सांसद प्रदीप पौडेलले काठमाण्डु महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउनु पर्ने बताएका छन ।

मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानीबारे ध्यानाकर्षण पत्र बुझाउँदै उनले काठमाण्डु महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पु¥याउने गरी व्यवस्थापन गर्न आग्रह समेत गरेका छन ।

उनले मेलम्ची खानेपानी आयोजनामा हालसम्म ६५ अर्ब भन्दा बढी राज्यको लगानी भइसकेको उल्लेख गर्दै काठमाण्डुवासीलाई खानेपानी उपलब्ध गराउने प्रमुख श्रोतको व्यवस्थापनमा राज्यले विशेष जोड दिनु पर्ने बताएका छन ।

पौडेलले मेलम्चीको पानी व्यवस्थापनका लागि छुट्टै व्यवस्थापन निकाय आवश्यक रहेको पनि बताए । उनले मलेम्चीको पानी काठमाण्डु आइसक्यो भनेर मात्रै छोड्नु नहुने भन्दै मेलम्ची विकास समितिलाई कायम गरेर वर्षातको समयमा मेलम्चीको पानी ल्याउने व्यवस्था गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us