मेलम्ची खोलाको पानी सुन्दरीजल आइपुग्यो

काठमाण्डु टुडे २०७९ मंसिर २० गते १३:५४ मा प्रकाशित

काठमाण्डु,२० मंसिर– मेलम्ची खोलाको पानी सुन्दरीजल आइपुगेको छ। कार्यकारी निर्देशक कमलराज श्रेष्ठले पूर्व निर्धारित समयमा नै मेलम्चीको पानी वितरणको लागि पठाइने बताएका छन ।

‘अब दैनिक १७ करोड लिटरका दरले लगातार ६ महिना सम्म खानेपानी आपूर्ति हुनेछ। साथै बाह्रै महिना मेलम्चीको पानी पथान्तरण सम्बन्धमा पनि तत्काल कार्यान्वयनको लागि प्रक्रिया अगाडि बढिरहेको छ, उनले भने ।’

गत हप्ता मात्र मेलम्ची खानेपानी आयोजनाले काठमाण्डुमा पानी वितरणका लागि अस्थायी बाँध बनाएर सुरुङमा पानी पठाउन सुरु गरिएको थियो ।

बाढीले क्षति पुगेको आयोजना स्थलमा बालुवा, ढुङ्गा लगायत हटाएर अस्थायी बाँध बनाएर पानी पठाउन सुरु गरिएको थियो ।

पानी प्रशोधन भएपछि काठमाण्डु उपत्यका खानेपानी लिमिटेडले नयाँ तालिका बनाएर पानी वितरण कार्यलाई अघि बढाउनेछ । २०७८ साल असारमा आएको बाढी पहिरोले मेलम्ची आयोजना स्थलमा क्षति पुगेपछि पानी आउन बन्द भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us