पुलबाट ट्रक खस्दा ट्रक चालकको मूत्यु

काठमाण्डु टुडे २०७९ मंसिर २० गते १०:४९ मा प्रकाशित

काठमाण्डु,२० मंसिर– आज विहान नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट ट्रक खस्दा ट्रक चालकको मूत्यु भएको छ ।

मूत्यु हुनेमा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्दै आएका सन्तबहादुर राई रहेका छन । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा,२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खस्दा चालको मूत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए ।

उहाँले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us