निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको सत्ता गठबन्धनको निष्कर्ष

काठमाण्डु टुडे २०७९ मंसिर १९ गते १८:२५ मा प्रकाशित

काठमाण्डु,१९ मंसिर– मंसिर ४ गते भएको निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको सत्ता गठबन्धनले निष्कर्ष निकालेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालेको हो ।

प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा हुँदा र समानुपातिक मतको ट्रेन्ड हेर्दा गठबन्धनको पक्षमा उत्साहजनक मत नआएको गठबन्धनको बताएको छ ।

बैठकले प्रतिनिधि र प्रदेश निर्वाचन शान्ति पूर्ण रुपमा सम्पन्न गराएको भन्दै निर्वाचन आयोग र सरकारलाई धन्यवाद पनि दिएको एक नेताले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us