नयाँ ग्रह भोटियो, जसको आकार वृहस्पति जत्तिकै ठूलो

काठमाण्डु टुडे २०७९ मंसिर १९ गते १५:३५ मा प्रकाशित

एजेन्सी– वैज्ञानिकले हालै एक नयाँ ग्रह पत्ता लगाएका छन् । खगोलविद्हरुले यस ग्रहको आकार र प्रकारबारे जानकारी पाएका छन्, उनीहरु हैरान भएका छन् ।

यो ग्रहको नाम HD-114082b हो । यो एक नयाँ ग्रह हो जसको आकार वृहस्पति जत्तिकै ठूलो छ । यसको मापनपछि वैज्ञानिकहरुले थाहा पाएका छन् कि ग्यास ग्रह निर्माणसँग सम्बन्धित दुई मोडलमध्ये कसैसँग पनि यो ग्रहको गुण मेल खाँदैन ।

अर्थात्, यो ग्रह आफ्नो उमेरको हिसाबले निकै भारी छ र यसको निर्माण कसरी भयो यो अझै पनि एक पत्ता लागेको छैन ।

जर्मनमा म्याक्स प्लेङ्क इन्स्टिच्युट फर एस्ट्रोनोमीको एस्ट्रोफिजिसिस्ट ओल्गा जखोजायका अनुसार हालको मोडलसँग तुलना गर्ने हो भने ग्यास जायन्ट HD-114082b को उमेर पनि मात्र १ ५ करोड वर्ष मात्रै छ, जुन युवा ग्रह भएको नाताले दुईदेखि तीन गुणा बढी घना छ ।

यो ग्रह करिब ३०० प्रकाश वर्ष टाण छ । यो हालसम्म पत्ता लागेको सबैभन्दा कम उमेरको एक्सोप्लानेट्समध्ये एक हो । यसको गुणलाई बुझेपछि ग्रह कसरी बन्छन् भन्नेकुरा बुझिन्छ ।

यो त्यो प्रक्रिया हो जसलाई अहिलेसम्म पूर्ण रुपमा बुझिएको छैन । एउटा एक्सोप्लानेटलाई व्यापक रुपमा बुझ्नका लागि दुई प्रकारको डेटाको आवश्यकता पर्छ – ट्रान्जिट डेटा र रेडियल भेलोसिटी डेटा ।

यसको द्रव्यमान वृहस्पतिभन्दा ८ गुणा बढी छ अनुसन्धानकर्ताले करिब चार वर्षसम्म HD-114082b को रेडियल भेलोसिटी डेटा जम्मा गरे ।

ट्रान्जिट डेटा र रेडियल भेलोसिटी डेटाको प्रयोग गरेर अनुसन्धानकर्ताले पत्ता लगाए कि HD-114082b को रेडियस वृहस्पति ग्रहको समान छ तर यसको द्रव्यमान वृहस्पतिभन्दा ८ गुणा बढी छ । यसको अर्थ यो हो कि एक्सोप्लानेटको घनत्व पृथ्वीभन्दा करिब दोब्बर छ र वृहस्पतिको घनत्वको लगभग १० गुणा छ ।

शोधकर्ताका अनुसार HD-114082b को गुण हट स्टार्ट मोडलमा फिट हुँदैन । यसको कोर भिन्न खालको छ । लन्हार्ट भन्छन्, ‘हामी सबैबाट हट स्टार्टको अवधारणालाई त्याग्न सक्दैनौँ । हामी यतिमात्रै भन्न सक्छौँ कि हामी अहिले पनि विशाल ग्रहको निर्माणलाई ठिक तरिकाले बुझ्न सकेका छैनौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us