
काठमाण्डु,१९ मंसिर– रुपन्देहीको सैनामैना नगरपालिका– २ रिङरोडमा आइतबार ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ ।
आइतबार साँझ लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारूलाई सोही ट्रयाक्टरको पछाडिको चक्काले किच्दा उनको मूत्यु भएको हो ।
मृत्यु हुनेमा ट्याक्टरका सहचालक सैनामैना– ४ झारबैराका ६० वर्षीय ठगे थारू रहेका छन । उनको तिनाउ अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले जानएको छ ।