थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु टुडे २०७९ मंसिर १८ गते १७:१६ मा प्रकाशित

काठमाण्डु,१८ मंसिर– पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८ जनामा गरिएको नमुना परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चार सय ५४ नमूनाको आरटिपिसिआर विधि र बाँकी नौ सय ३४ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो । यस्तै मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन ।

मन्त्रालयको अनुसार हाल नेपामा १ सय ८ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us