दोलखामा प्रतिनिधि सभा र प्रदेश सभा दुबै तर्फ सता गठबन्धनको अग्रता

काठमाण्डु टुडे २०७९ मंसिर १७ गते १७:५१ मा प्रकाशित

काठमाण्डु,१७ मंसिर– दोलखामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ। दोखामा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले १० हजार सात सय ३७ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले का बालकृष्ण शिवाकोटीले नौ हजार चार सय ७७ मत प्राप्त गरेका छन । दोलखाको प्रदेशसभा (१) कांग्रेसका कुन्दनराज काफ्लेले नौ हजार तीन सय ६८ मत प्रप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका नरबहादुर श्रेष्ठले सात हजार नौ सय एक मत ल्याएका छन् ।

प्रदेशसभा (२) मा कांग्रेसका वर्मा लामाले १० हजार चार सय ७२ र प्रप्त गरेका छन छने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भरत केसीले नौ हजार आठ सय तीन मत प्राप्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us