
काठमाण्डु,१६ मंसिर– जुम्लास्थित विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको मृत्यु भएको छ । मूत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका– ७ शतिगाउँका अन्दाजी २८–२९ वर्षका रामप्रसाद जैसी रहेका छन ।
कर्णाली प्रदेश प्रहरीका अनुसार बेहोस अवस्थामा भेटिएका युवकको उपचारको क्रममा मृत्यु भएको हो।आज शुक्रबार बिहान साढे १० बजेको समयमा जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित विमानस्थलको पश्चिम तर्फको तार जालीभित्र बेहोस अवस्थामा भेटिएका थिए।
बेहोस अवस्थामा फेला परेका जैसीको उपचारको लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको थियो। प्रतिष्ठानका डाक्टरले जैसीलाई उपचारमा क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीले जानकारी दिए ।