काँग्रेसले बुथ कब्जा गरेको भनिएको स्याङजा–२ मा एमालेकी अर्याल अगाडि

काठमाण्डु टुडे २०७९ मंसिर १५ गते ८:४१ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– स्याङ्जा–२ को मतगणनामा एमालेकी पद्यमा अर्यालले अग्रता लिएकी छन् ।

बुधबार रातिदेखि सुरु भएको मतगणनामा अर्याल २ हजार ३ सय ४ मतसहित अगाडि हुँदा उनलाई काँग्रेस उपसभापति धनराज गुरु १ हजार ७ सय ३ मतका साथ एमालेकी अर्याललाई पछ्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरूङले ३ सय ९९ मत पाएका छन् । ४ मंसिरमा सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले चापाकोटका ४ बुथमा बुथ कब्जा गरी मृतकका नामा समेत मत खसालेको भन्दै एमालेसहितका दलले मतगणना रोकेर पुनः मतदानको माग गरेका थिए ।

तर, निर्वाचन आयोगले गरेको छानबिनमा मृतक भनिएका मतदाता जिवितै फेला परेपछि निर्वाचन सकिएको १० दिनपछि मतगणना थालिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us