मेक्सिकोमा पुच्छर भएकी बालिकाको जन्म

काठमाण्डु टुडे २०७९ मंसिर १४ गते १५:५६ मा प्रकाशित

एजेन्सी– मेक्सिकोमा २.२ इन्च लामो पुच्छर भएकी बालिकाको जन्म भएको छ । पछि यसको लम्बाइ ०.८ सेन्टिमिटर थप बढेको थियो । यो देखेर डाक्टरहरु पनि छक्क परे, किनकी अहिलेसम्म संसारमा यस्ता ४० केस मात्रै भेटिएका छन् ।

यो पुच्छर अहिले चिकित्सकहरुले निकालिसकेका छन् । बालिका अस्पतालबाट डिस्चार्ज भएको दुई महिनाभन्दा बढी भइसकेको छ । उनी पूर्ण रुपमा स्वस्थ रहेकी छन ।

उक्त बालिकाको पुच्छरमा रौँ, टुप्पोको आकार गोलो रहेको थियो । जर्नल अफ पेडियाट्रिक सर्जरीमा प्रकाशित यो केस रिपोर्ट अनुसार बच्चाको पुच्छरको लम्बाइ ५.७ सेन्टिमिटर थियो ।

यसको व्यास ३ देखि ५ मिलीमिटरको बीच थियो । जन्मँदा पुच्छरमा हल्का रौँ थियो र टुप्पो पट्टिको आकार गोलो रहेको थियो । डाक्टरहरूले बच्चा जन्मे पछि अर्को दुई महिनासम्म निगरानी गरेका थिय ।

उक्त बालीकाको तौल पनि सामान्य थियो । दिमाग र हृदयमा कुनै समस्या थिएन ।उत्तरपूर्वी मेक्सिकोको नुवो लियोन राज्यको ग्रामीण अस्पतालमा उक्त बालिकाको जन्म भएको हो ।

डाक्टरका अनुसार पुच्छरमा हड्डी नभएका कारण नरम थियो । पुच्छर कुनै पीडा बिना हल्लाउन सकिन्थ्यो । डाक्टरहरूले पूर्ण परीक्षणपछि पुच्छर पनि पूर्ण रूपमा स्वस्थ रहेको पत्ता लगाए ।

त्यसपछि बालिकाको शल्यक्रिया गर्ने निर्णय भयो । शल्यक्रियामा पुच्छरलाई लिम्बर्ग प्लास्टी गरेर शरीरबाट हटाइएको थियो । यसअघि पनि पुच्छरसहित केही बच्चा जन्मिएका छन् ।

हालसम्म मानिसमा दुई प्रकारको पुच्छर भेटिएको छ । पहिलो– भेस्टिजियल टेल र दोस्रो ट्रु टेल । अमेरिका, इङ्गल्याण्ड, फ्रान्स, जापान, इटाली र जर्मनीमा हालसम्म १९५ जनामा र ब्राजिलमा यस्तो पुच्छर भएको बच्चाको जन्म भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us