माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिक तर्फको मत परिणाम आएपछि मात्रै बैठक बसेर चुनावको समीक्षा गर्ने

काठमाण्डु टुडे २०७९ मंसिर १४ गते ११:५५ मा प्रकाशित

काठमाण्डु,१४ मंसिर– नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत परिणाम आएपछि बैठक बसेर चुनावी समीक्षा गर्ने भएको छ ।

अहिले दुवै तर्फको मत परिणाम आई रहेकाले केही दिनभित्रै बैठक बसेर छलफल गर्ने माओवादी केन्द्रका कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए ।

उनले भने, अहिले प्रत्यक्ष र समानुपातिकको मत आइरहेको छ । यो बीचमा बैठक बस्ने कुरापनि भएन’ ‘अब सबैको मत परिणाम आएपछि पार्टी पदाधिकारी बैठक बसेर समीक्षा गर्ने तयारी गरेका छौँ ।’

निर्वाचनमा जति मत आउनुपर्ने हो त्यति नआएको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिएको छ । कतिपय नेताहरूले अब सरकारमा नगएर पार्टी निर्माणमा जुट्नुपर्ने बताउँदै आएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us