काठमाण्डुबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाण्डुमै फिर्ता

काठमाण्डु टुडे २०७९ मंसिर १३ गते १८:३१ मा प्रकाशित

काठमाण्डु,१३ मंसिर– काठमाण्डुबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाण्डुमानै फिर्ता भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण गर्न नसके पछि काठमाण्डुनेै फिर्ता भएको हो ।

पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाण्डुमानै फिर्ता ल्याउने निर्णय गरेका थिए,’ स्रोतले भन्यो, ‘काठमाण्डुमा भने इमर्जेन्सी घोषणा नगरी सामान्य अवस्थामै जहाज अवतरण भयो ।’

बुद्धको बीएचए ५५५ उडान नम्बर रहेको जहाज काठमाडौं अवतरण भएसँगै अर्को जहाजबाट यात्रुहरुलाई सिमरा पठाउने तयारी भइरहेको विमानस्थलले जनाएको छ । जहाजमा ७० जना यात्रु चढेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us