सुकुम्बासी बस्ती खाली गराउन थापाथली पुगेका महानगरका प्रहरी प्रमुखसहित १७ जना घाइते

काठमाण्डु टुडे २०७९ मंसिर १२ गते १८:२८ मा प्रकाशित

काठमाण्डु,१२ मंसिर–काठमाण्डुको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गराउन पुगेका महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेसहि १७ जना घाइते भएका छन् ।

आज (सोमबार) सुकुम्बासी बस्ती खाली गराउनका लागी महानगरका नगर प्रहरी प्रमुख पाण्डेसहितको टोली थापाथली पुगेको थियो ।

सुकुम्बासी बस्तीका स्थानीयले प्रतिकार गर्ने क्रममा पाण्डेको टाउको फुटेको छ भने अन्य नगर प्रहरी सामान्य घाइते भएका छन । नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार प्रहरी माथि ढुंगा प्रहार हुँदा घाइते भएका हुन् ।

घाइतेहरुको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । घाइते भएका नगर प्रहरीको अवस्था सामान्य रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us