नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम भने घट्यो

काठमाण्डु टुडे २०८२ जेठ २६ गते १८:५५ मा प्रकाशित

काठमाण्डू, २६ जेठ– साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ ।

बजार २३.१९ अंकले उकालो लाग्दै २६५३.०९ विन्दुमा पुगेर बन्द भयो ।

यद्यपि, बजारमा हरियाली देखिए पनि कारोबारको रकममा आइतबारको तुलनामा केही घटावट आएको छ । आइतबार ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार त्यो घटेर ८ अर्ब ६८ करोड रुपैयाँमा झरेको छ । कुल कारोबार रकममा ४५ करोडको गिरावट आएको हो ।

सोमबार कूल ३२४ वटा कम्पनीका एक करोड ७५ लाख कित्ता भन्दा बढी सेयर किनबेच भएका छन् । यस दिन १९१ कम्पनीका सेयर मूल्यमा सुधार आयो भने ५६ कम्पनीको मूल्य घट्यो । एक कम्पनीको मूल्य यथावत् रह्यो ।

चार वटा कम्पनीमा सकारात्मक सर्किट लागेको देखिएको छ । तीमध्ये एनसीएचएल, एनसेल, मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर तथा विन्ध्यवासिनी हाइड्रोपावर रहेका छन्, जसका सेयर मूल्य ९.९९ प्रतिशतले बढे ।

दोसोतर्फ, भूगोल इनर्जीको सेयर मूल्यमा सबैभन्दा ठूलो गिरावट देखियो, जुन ७.४७ प्रतिशत घटेर प्रति कित्ता ७२५ रुपैयाँ ५९ पैसामा झर्‍यो । त्यस्तै, मिथिला लघुवित्तको मूल्य पनि ५.२३ प्रतिशतले घट्दै १४६५ रुपैयाँ ८४ पैसामा पुगेको छ ।

सबैभन्दा बढी कारोबार हुने कम्पनीको रूपमा राधी विद्युत अगाडि रह्यो । यसको ८२६ रुपैयाँ प्रतिकित्ता दरमा ६२ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। यसको मूल्यमा ०.१९ प्रतिशतको सामान्य वृद्धिसमेत देखियो ।

यस्तै, दोस्रो स्थानमा युनिभर्सल पावर रह्यो, जसको ४७२ रुपैयाँ प्रतिकित्ता दरमा ५४ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

समूहगत आधारमा हेर्दा, बजारमा कारोबार भएका १३ मध्ये १० वटा समूहको परिसूचक बढ्दा तीन समूहको घटेको छ । होटल्स, जीवन बीमा र व्यापार समूहमा गिरावट आएको हो । ‘अन्य’ समूहको परिसूचक सबैभन्दा बढी २.६३ प्रतिशतले उकालो लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us