मकवानपुरमा ३१ हजार भन्दा बढी मत बदर

काठमाण्डु टुडे २०७९ मंसिर १२ गते १७:०२ मा प्रकाशित

काठमाण्डु,१२ मंसिर– ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा मकवानपुरमा ३१ हजार चार सय ७४ मत बदर भएको छ ।

बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं १ मा ९१ हजार चार सय ८९ मत खसेकोमा चार हजार ५८ मत बदर भएको छ ।

मकवानपुरको–१ प्रदेशसभा (क) मा ४६ हजार दुई सय ३० मत खसेकोमा एक हजार छ सय ६३ मत बदर भएको छ भने प्रदेशसभा (ख) मा ४५ हजार ८० मत खसेकामा पाँच सय चार मत बदर भएको छ । मकवानपुर–२ मा ८६ हजार तीन सय एक मत खसेकोमा ४ हजार एक सय दुई मत बदर भएको छ ।

मकवानपुर–२ को प्रदेशसभा (क) मा ४५ हजार आठ सय ५३ मत खसेकामा एक हजार पाँच सय ९९ मत बदर भएको छ भने प्रदेशसभा (ख) मा ४३ हजार तीन सय २९ मत खसेकामा एक हजार चार सय ९४ मत बदर भएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ मकवानपुर–१को प्रदेशसभा (क) मा ४५ हजार ७५ मत खसेकामा एक हजार छ सय ९८ मत बदर भएको छ भने प्रदेशसभा (ख) मा ४६ हजार १२ मत खसेकामा दुई हजार तीन सय ९५ मत बदर भएको छ ।

यस्तै मकवानपुर– २ मा ८६ हजार तीन सय ३८ मत खसेकामा चार हजार एक सय १४ मत बदर भएको छ भने प्रदेशसभाका लागि ८६ हजार ३३ मत खसेकामा पाँच हजार दुई सय ६६ मत बदर भएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us