उदयपुर –१ मा स्थगित भएको मतगणनालाई निरन्तरता दिन निर्वाचन आयोगको निर्देशन

काठमाण्डु टुडे २०७९ मंसिर १२ गते १५:५४ मा प्रकाशित

कमठमाण्डु,१२ मंसिर– उदयपुर –१ मा स्थगित भएको मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले सोमबार उदयपुरका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेख्दै यसअघि मतगणना पूर्व भएको सहमती अनुसार मतगणना गर्न निर्देशन दिएको हो।

आयोगका उप–सचिव ऋषिराम अर्यालले जारी गरेको पत्रमा भनिएको छ, सो सम्बन्धनमा मतगणना पूर्व जे जस्तो सहमति भएको हो सो सहमतिका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने’ ।

आयोगले दोहोरो मतदान भएकोमा मंसिर ४ गते को आयोगको पत्र बमोजिम मतगणनालाई निरन्तरता दिनसमेत निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको मतगणनाका क्रममा प्रदेशसभाको मतपत्र भेटिएपछि विवाद हुँदा आइतबारबाट गणना रोकिएको थियो । उदयपुर–१ मा कांग्रेसका डा नारायण खड्का र नेकपा एमालेबाट मन्जुकुमारी चौधरी प्रतिस्पर्धामा रहेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us