समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी

काठमाण्डु टुडे २०७९ मंसिर १२ गते १४:३२ मा प्रकाशित

काठमाण्डु,१२ मंसिर– ४ मंसिरमा भएको निर्वाचनको  समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख आठ हजार एक सय ६४ अर्थात् खसेको मतको ८४ दशमलव ८२ प्रतिशत मतगणना सम्मपन भइसकेको छ ।

निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको थियो । अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us