गठबन्धनमार्फत सरकारमा सहभागी हुने रवि लामिछानेको चाहना

काठमाण्डु टुडे २०७९ मंसिर ९ गते १८:१७ मा प्रकाशित

चितवन, ९ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दल सरकारमा सामेल हुन सक्ने संकेत गरेका छन् ।

लामिछानेले आफ्नो दल आवश्यकताको आधारमा तालमेल वा गठबन्धनको पक्षमा रहेको बताए । चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित लामिछानेले चुनावमा तालमेल नगरे पनि आवश्यकताका आधारमा सत्ता गठबन्धनमा भने सहभागी हुने बताए ।

‘चुनावको बेला हाम्रो दलले कसैसँग तालमेल वा गठबन्धन गरेन’, शुक्रबार विजयको प्रमाणपत्र बुझ्दै उनले उनले भने, ‘देश हितका लागि आवश्यक पर्यो भने हामी साथ दिन्छौं ।’ लामिछानेले आफूलाई जिताएकामा चितवन–२ का मतदातालाई धन्यवाद दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us