सुनका मूल्ये प्रतितोला २ सय रूपैयाँले बढ्यो

काठमाण्डु टुडे २०७९ कार्तिक ३० गते १२:३० मा प्रकाशित

काठमाण्डु,३० कातिक– आज नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुन प्रतितोला २ सय रूपैयाँले बढेको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रूपैयाँ कारोबार भएको छ । हिजो (मंगलबार) छापावाला सुनको प्रतितोला ९८ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मुल्य पनि प्रतितोला २ सय रूपैयाँले बढेर प्रतितोला ९७ हजार ९ सय रूपैयाँ कारोबार भएको छ । आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रति तोला रु ३० ले घटेर रु एक हजार २ सय ९५ पुगेको महासङ्घले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us