सुनचाँदीको मूल्यमा भारी वृद्धि

काठमाण्डु टुडे २०७९ कार्तिक २९ गते १३:२६ मा प्रकाशित

काठमाण्डु,२९ कातिक– आज नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुन प्रतितोला एक हजार रूपैयाँले बढेको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रूपैयाँ कारोबार भएको छ । हिजो (सोमबार) छापावाला सुनको प्रतितोला ९७ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मुल्य पनि प्रतितोला एक हजार रूपैयाँले बढेर प्रतितोला ९७ हजार सात सय रूपैयाँ कारोबार भएको छ । आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रति तोला रु ३० ले बढेर रु एक हजार तिन सय २५ पुगेको महासङ्घले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us