अभिनेता पल शाहले दिए नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

काठमाण्डु टुडे २०७९ कार्तिक २५ गते १४:३६ मा प्रकाशित

 

काठमाण्डु,२५ कातिक– नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा दोषी ठहर भएका अभिनेता पल शाहले यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।

नवलपुर जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले बताए ।

नाबालिकामाथि बलात्कारको आरोप लागेका शाहलाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

उनी हाल तनहुँ कारागारमा रहेका छन् । शाहको मुद्दाको दर्ता नम्बर दर्ता ०७९–सीएस–०३१२ रहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us