
काठमाण्डु,२३ कातिक– आज नेपाली बजारमा आज छापावाला सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाला सुन प्रतितोला १४०० रूपैयाँले बढेको छ ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ कारोबार भएको छ । हिजो सोमबार छापावाला सुनको प्रतितोला ९४ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मुल्य भने स्थिर छ । आज पनि तेजाबी सुनको मूल्य प्रतितोला ९३ ५००हजार रूपैयाँ कारोबार भएको छ । आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रति तोला रु ३० ले बढेर रु एक हजार दुई सय ९५ पुगेको महासङ्घले जनाएको छ ।